रास्वपाबाट प्रत्यक्षमा भिड्दै १६ महिला : कोकोसँग हुँदैछ प्रतिस्पर्धा?

सुस्मिता बजगाईं ७ माघ २०८२ १८:५३
44
SHARES
रास्वपाबाट प्रत्यक्षमा भिड्दै १६ महिला : कोकोसँग हुँदैछ प्रतिस्पर्धा?

काठमाडौँ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १६ महिला प्रत्यक्षतर्फ भिड्दैछन्।

रास्वपाले १६४ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। मनाङमा भने उम्मेदवारी दिएको छैन। उम्मेदवारी दिएकामध्ये महिला १६ जना छन्।

यससँगै रास्वपा धेरै महिला उम्मेदवार उठाउने पार्टी बनेको छ। कांग्रेसले ११, एमाले ८, नेकपाले १० जना महिलालाई उम्मेदवार बनाएको छ।

हेर्नुहोस् रास्वपाबाट उठेकाे महिला उम्मेदवार कोसँग भिड्दैछन्?

निशा डाँगी

रास्वपाले झापा १ बाट निशा डाँगीलाई उम्मेदवार बनाएको छ। उनी पूर्वसांसद हुन्। उनलाई रास्वपाले समानुपातिक सांसद बनाएको थियो।

यसपटक उनले प्रत्यक्ष उम्मेदवार बन्ने अवसर पाएकी छन्। उनको प्रतिस्पर्धामा नेकपा एमालेका रामचन्द्र उप्रेती, नेपाली कम्युनिष्ट पार्टीका अशेष घिमिरे र कांग्रेसका केशवराज पाण्डे छन्।

इन्दिरा राना

झापा-२ मा महिला उम्मेदवार इन्दिरा राना छिन्। उनी पूर्वउपसभामुख हुन्। उनको प्रतिस्पर्धामा एमालेका देवराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टीकी धर्मशिला चापागाईं, कांग्रेसकी सरिता राई छन्। एमालेका घिमिरे पूर्वसभामुख हुन्।

गोमा तामाङ (सरिन)

रास्वपाबाट सुनसरी १ मा महिला उम्मेदवार गोमा तामाङ छिन्। २०७९ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् तर जित्न सकिनन्।

यसपटक उनको प्रतिस्पर्धामा नेकपा एमालेका टीकाराम लिम्बू, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई, कांग्रेसका सुजेन्द्र तामाङ, श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साम्पाङ) उम्मेदवार छन्।

आशिका तामाङ

धादिङ-१ बाट आशिका तामाङ चुनाव लड्दैछिन्। उनको प्रतिस्पर्धामा एमालेका भूमि त्रिपाठी, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे, कांग्रेसका कृष्ण रिजाल उम्मेदवार छन्।

सोविता गौतम

रास्वपा नेत्री सोविता गौतम यसपटक चितवन ३ मा उम्मेदवार बनेकी छन्। गौतमले गतवर्ष काठमाडौँ २ बाट चुनाव जितेकी थिइन्। उनको प्रतिस्पर्धामा नेकपा एमालेका शंकरराज थपलिया, नेपाली कम्युनिष्ट पार्टीकी रेणु दहाल, कांग्रेसका टेकप्रसाद गुरुङ छन्।

रञ्जु दर्शना

रञ्जु दर्शना रास्वपाबाट काठमाडौँ १ मा उम्मेदवार बनेकी छन्। उनी यसअघि विवेकशील साझा पार्टीबाट काठमाडौँ ५ को उम्मेदवार बनेकी थिइन्। यसपटक उनको प्रतिस्पर्धामा नेकपा एमालेका मोहन रेग्मी, नेपाली कम्युनिष्ट पार्टीका मेनका भण्डारी, कांग्रेसका प्रवल थापा उम्मेदवार छन्।

डा.तोसिमा कार्की

डा. तोसिमा कार्की यसपटक पनि ललितपुर ३ की उम्मेदवार हुन्। यसअघिको चुनावमा पनि तोसिमाले यही क्षेत्रबाट जितेकी थिइन्। उनको प्रतिस्पर्धामा यसपटक नेकपा एमालेबाट सन्दन थापा, नेपाली कम्युनिष्ट पार्टीका रामकाजी महर्जन, कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ छन्।

बिना गुरुङ

समाजसेवी बिनाकुमारी गुरुङ पनि यसपटक रास्वपाबाट निर्वाचनको उम्मेदवार बनेकी छन्। उनी कास्की ३ बाट मनोनयन दर्ता गरेकी छन्। उनी सञ्जीवनी दिदी बहिनी समूहकी अध्यक्ष हुन्। बिनाको प्रतिस्पर्धामा एमालेबाट दामोदर पौडेल, नेपाल कम्युनिष्ट पार्टीबाट गोपाल गिरी, कांग्रेसका मनोज गुरुङ छन्।

विनिता कठायत

विनिता कठायत जुम्लाबाट उम्मेदवार बनेकी छन्। उनी यसअघि पनि रास्वपाकी समानुपातिक सांसद थिइन्। फागुन २१ मा उनको प्रतिस्पर्धा एमालेका शान्तिलाल महत, नेपाल कम्युनिष्ट पार्टीका नरेश भण्डारी, कांग्रेसका दीपबहादुर शाहीसँग हुनेछ।

टासी ल्हाजोम

रास्वपाले टासी ल्हाजोमलाई हुम्लाबाट उम्मेदवार बनाएको छ। उनको प्रतिस्पर्धामा एमालेका दल फडेरा, नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया, कांग्रेसका जयपति रोकाया उम्मेदवार छन्।

आशा झा

मोरङ ५ मा आशा झा उम्मेदवार बनेकी छन्। उनको प्रतिस्पर्धामा नेकपा एमालेका मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डल, रास्वपाका फूलकुमार लालवानी छन्।

रुविना आचार्य

रास्वपाबाट मोरङ ६ मा पनि महिला उम्मेदवारनै छिन्, रुविना आचार्य। उनको प्रतिस्पर्धामा एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार राय र कांग्रेसका शोखर कोइराला छन्।

पुष्पा चौधरी

सप्तरी-१ बाट रास्वपाकी महिला उम्मेदवार पुष्पा चौधरी छिन्। उनको प्रतिस्पर्धामा एमालेका सुमनराज प्याकुरेल, नेपाली कम्युनिष्ट पार्टीका रवीन्द्र चौधरी, कांग्रेसका रामदेव शाह छन्।

गौरीकुमारी यादव

महोत्तरी-४ मा गौरीकुमारी यादव उम्मेदवार छिन्। उनको प्रतिस्पर्धामा एमालेका सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका भरतप्रसाद शाह, कांग्रेसका महेन्द्रकुमार राय छन्।

नीतिमा कार्की

सर्लाही-१ मा नीतिमा कार्की उम्मेदवार बनेकी छन्। उनको प्रतिस्पर्धमा एमालेका मनोज देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद शाह, कांग्रेसका शम्भुलाल श्रेष्ठ छन्।

कोमल ज्ञवाली

कैलाली-१ मा कोमल ज्ञवाली उम्मेदवार बनेकी छन्। उनको प्रतिस्पर्धामा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगौरा थारु, कांग्रेसका जनकराज चौधरी उम्मेदवार छन्।

प्रकाशित: ७ माघ २०८२ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast