रविसँग एक करोड धरौटी माग्ने पर्सा अदालतको आदेश

हिमाल प्रेस ६ माघ २०८२ १५:३५ | Tuesday, January 20, 2026
16
SHARES
रविसँग एक करोड धरौटी माग्ने पर्सा अदालतको आदेश फाइल तस्बिर।

काठमाडौँ- पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ। आज (मंगलबार) न्यायाधीश रूद्रप्रसाद सुवेदीको एकल इजलासले लामिछानेसँग धरौटी माग्ने आदेश गरेको तहसिलदार देवराज भट्टराईले जानकारी दिए।

उनका अनुसार मंगलबार थुनछेक बहस भएपछि आदेश भएको हो। सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगन्जको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलिरहेको छ।

प्रकाशित: ६ माघ २०८२ १५:३५ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast