एन्फा राष्ट्रिय लिग : एनआरटी विजयी

हिमाल प्रेस ५ माघ २०८२ २१:३२ | Monday, January 19, 2026
10
SHARES
एन्फा राष्ट्रिय लिग : एनआरटी विजयी

काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी)ले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको सातौं मिनेटमै एनआरटीका विज्ञान खड्काले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १७ औं मिनेटमा तिमोथी चिमेरी ओकेरेकेले एनआरटीको अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा सादोबाटोका फोडे फोफानाले गोल गरेका थिए। खेलको दोस्रो हाफको इन्जुरी समयमा विज्ञानले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको जित सुनिश्चित गरेका थिए।

त्यसअघि सोमबार नै भएको पहिलो खेलमा लालीगुराँस एसोसिएसनले नव जनजागृति युवा क्लबलाई पराजित गर्‍यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लालीगुराँसले नव जनजागृतिलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। एन्फा राष्ट्रिय लिगमा १७ टिमको सहभागिता छ।

प्रकाशित: ५ माघ २०८२ २१:३२ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast