काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, बैठकमा विविध विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीले बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।
प्रकाशित: ३ माघ २०८२ ८:२०
प्रतिक्रिया



