गगन थापा। फाइल तस्बिर।
काठमाडौँ- निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको छ। अब नेपाली कांग्रेसको आधिकारिक सभापति गगनकुमार थापा भएका छन्।
आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै विवरण अद्यावधिक गरेको छ। विशेष महाधिवेशन पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको थियो।
सो महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।
प्रकाशित: २ माघ २०८२ १९:५७
प्रतिक्रिया



