राति १ बजे रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाइयो ८ ट्रक राहत  

हिमाल प्रेस ११ भदौ २०८३ ७:४२ | Thursday, August 27, 2026
राति १ बजे रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाइयो ८ ट्रक राहत  

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत सामग्री पठाउन गृहमन्त्री सुधन गुरुङ आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राति करिब १ बजेसम्म बसेर सामग्री लोड गराएका हुन्। आवश्यक सामग्री लोड भएपछि सेनाका आठ वटा ट्रक प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।

प्रभावित नागरिकका लागि पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटरलगायत सामग्री रहेका छन्।

बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउने उद्देश्यले गृहमन्त्री गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको हो। आठ वटा ट्रकमा सामग्री लोड गरी नेपाली सेनाको टोली बढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ।

प्रकाशित: ११ भदौ २०८३ ७:४२ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast