रसुवाको बाढीले क्षतिग्रस्त विद्युत् आयोजनाको सुरुङ।
काठमाडौँ- रसुवाको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा थप एक जनाको शव भेटिएको छ । टनेलको ५० मिटर भित्रसम्म पुगेर खोजी गर्दा थप एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि मङ्गलवार सेनाले सुरुङको केबल टनेलमा ड्रोन प्रयोग गरेर खोज्दा एक जनाको शव फेला पारेको थियो । टनेलमा खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रकाशित: २५ भदौ २०८३ ७:४१ | Thursday, September 10, 2026
प्रतिक्रिया


