सभापति थापाले बुझाए निर्वाचन आयोगलाई केन्द्रीय कार्यसमिति अद्यावधिक विवरण

हिमाल प्रेस १ माघ २०८२ १५:११ | Thursday, January 15, 2026
24
SHARES
सभापति थापाले बुझाए निर्वाचन आयोगलाई केन्द्रीय कार्यसमिति अद्यावधिक विवरण

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन्।

बिहीबार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री डा.डिला संग्रौला पन्तलगायतका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई भेटेर अद्यावधिक विवरण हस्तान्तरण गरेका हुन्।

आजै ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग गएका थिए।

पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको नाम हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पहिलो केन्द्रीय समिति बैठकबाट भएको छ। उक्त निर्णयको जानकारी पनि निर्वाचन आयोगलाई दिइएको छ।

प्रकाशित: १ माघ २०८२ १५:११ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast