कुमारी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ३ करोड, ३९ लाखका विपद्का सामान पठायो

हिमाल प्रेस ११ भदौ २०८३ १३:१७ | Thursday, August 27, 2026
कुमारी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ३ करोड, ३९ लाखका विपद्का सामान पठायो

काठमाडौँ- रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेकाका लागि कुमारी बैंक लिमिटेडले ३ करोड ३९ लाख आर्थिक सहयोग गर्ने भएको छ। कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार सोही अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख बराबरको ५ वटा अत्याधुनिकजडित निगरानी ड्रोन, ३ वटा ५ क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ। हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन, प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । विपद्को यस कठिन घडीमा कुमारी बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई राहत, उद्धार तथा पुनस्र्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गर्नु साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।

प्रकाशित: ११ भदौ २०८३ १३:१७ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast