‘पार्टी विवादको समाधान अदालतबाट होइन पार्टी कार्यालयबाटै खोज्नुपर्छ’

हिमाल प्रेस ६ भदौ २०८३ १४:५९ | Saturday, August 22, 2026
‘पार्टी विवादको समाधान अदालतबाट होइन पार्टी कार्यालयबाटै खोज्नुपर्छ’

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयकै कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन्।

शनिबार कांग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दा पनि पार्टी कार्यालयको कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका हुन्।

विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको र असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्रीलगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता–कार्यकर्ताका लागि ढोका खुला रहेको उनले बताए।

नले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने र चुनाव जित्ने÷हार्नेमा मात्र सीमित हुन नहुने धारणा राखे।

शर्माले बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे।

न्यायको माग गर्दै आयोजना गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन उनले माग गरे।

प्रकाशित: ६ भदौ २०८३ १४:५९ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast