महाधिवेशन रोक्न देउवा र खड्काले गरे सर्वोच्चमा पूरक निवेदन दर्ता

हिमाल प्रेस ९ भदौ २०८३ १३:१४ | Tuesday, August 25, 2026
महाधिवेशन रोक्न देउवा र खड्काले गरे सर्वोच्चमा पूरक निवेदन दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दिएको छुट्टाछुट्टै पूरक रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

गत शुक्रबार सर्वोच्चमा पेस गरिएका दुवै निवेदन केही प्रक्रियागत सुधारका लागि फिर्ता लगि सोमबार पुनः पेस गरिएका थिए।

अध्ययनपश्चात् मंगलबार ती निवेदन औपचारिक रूपमा दर्ता भएका हुन्। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त मुद्दाको पेसी आगामी बिहीबारका लागि तोकिएको छ।

केन्द्रीय समितिले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेअनुरूप केन्द्रीय निर्वाचन समितिले भदौ २४ देखि वडा अधिवेशन सुरु गर्ने तालिका सार्वजनिक गरेको थियो।

तर,यसअघि विशेष महाधिवेशनसम्बन्धी अदालतको निर्णयको पुनरावलोकन गर्न देउवा पक्षले दिएको रिटमा सर्वोच्चले अनुमति दिइसकेकाले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशनका कुनै पनि प्रक्रिया अघि बढाउन नहुने अडान संस्थापन पक्षको छ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन।

प्रकाशित: ९ भदौ २०८३ १३:१४ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast