सभापति गगन र उपसभापति विश्वप्रकाशको संयोजकत्वमा घोषणापत्र र निर्वाचन परिचालन समिति गठन

हिमाल प्रेस १ माघ २०८२ १३:४७ | Thursday, January 15, 2026
36
SHARES
सभापति गगन र उपसभापति विश्वप्रकाशको संयोजकत्वमा घोषणापत्र र निर्वाचन परिचालन समिति गठन

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले समसामयिक राजनीतिको समीक्षा गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर दुईवटा समिति गठन गरेको छ।

बिहीबार ललितपुरको कुपन्डोलमा बसेको बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले सभापति गगन थापाको संयोजकत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरिएको जानकारी दिए।

निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति पनि गठन गरिएको उनले बताए। उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो। उक्त समितिहरूमा अन्य सदस्यहरू भोलि बस्ने बैठकबाट थप गरिने प्रवक्ता चालिसेले बताए।

प्रकाशित: १ माघ २०८२ १३:४७ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast