गगन-विश्वलाई कारबाहीसहित कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू के निर्णय गर्‍यो?

हिमाल प्रेस ३० पुष २०८२ १६:१० | Wednesday, January 14, 2026
42
SHARES
गगन-विश्वलाई कारबाहीसहित कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू के निर्णय गर्‍यो?

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि कारबाहीसहित विशेष महाधिवेशनमा लागेकाहरूलाई पार्टीमा फर्किन आग्रह गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय सानेपामा बुधबार सम्पन्न बैठकपछि नेता मिन विश्वकर्माले निर्णयहरू सार्वजनिक गरेका हुन्। विश्वकर्माका अनुसार विशेष महाधिवेशनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा पार्टीलाई एकढिक्का बनाउने नसकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ।

बैठकले अनुशासन उल्लंघन गरेको ठहर गर्दै केन्द्रीय सदस्य तथा महामन्त्रीद्वय थापा र शर्मा साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ। उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय पनि गरिएको विश्वकर्माले जानकारी दिए।

त्यसैगरी, विशेष महाधिवेशनका क्रममा पार्टी संस्थापन पक्षबाट टाढा रहेकाहरूलाई पुनः पार्टी मूलधारमा फर्किन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टीलाई आगामी निर्वाचनतर्फ एकताबद्ध रूपमा अघि बढाउन यस्तो निर्णय गरिएको कांग्रेसले जनाएको छ।

प्रकाशित: ३० पुष २०८२ १६:१० | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast