देउवा विशेष महाधिवेशनमा जाने चर्चाबारे सचिवालयले भन्यो : भ्रमपूर्ण समाचार, सत्यता छैन

हिमाल प्रेस २८ पुष २०८२ ९:३० | Monday, January 12, 2026
42
SHARES
देउवा विशेष महाधिवेशनमा जाने चर्चाबारे सचिवालयले भन्यो : भ्रमपूर्ण समाचार, सत्यता छैन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको सूचनालाई उनको सचिवालयले भ्रमपूर्ण भन्दै खण्डन गरेको छ। सचिवालयले एक सूचना जारी गर्दै उक्त सूचनामा कुनै सत्यता नभएको स्पष्ट पारेको हो।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नियोजित रूपमा यस्तो गलत सूचना प्रवाह गरेका हुन्। सामाजिक सञ्जालमा आएका यस्ता आधारहीन र भ्रामक दाबीहरूप्रति सचिवालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त कार्यक्रममा पार्टी सभापतिज्यू जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पार्न चाहन्छौँ।’

प्रकाशित: २८ पुष २०८२ ९:३० | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast