शिक्षामन्त्रीको तस्बिर राख्दै हर्क साम्पाङले भने : टिकट दिने मन छ

हिमाल प्रेस २६ पुष २०८२ ११:४२ | Saturday, January 10, 2026
16
SHARES
शिक्षामन्त्रीको तस्बिर राख्दै हर्क साम्पाङले भने : टिकट दिने मन छ

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शिक्षामन्त्री महावीर पुनलाई समेत निर्वाचनमा उम्मेदवार बनाउने इच्छा रहेको बताएका छन्।

उनले सामाजिक सन्जालमा पुनको तस्बिर सार्वजनिक गर्दै पुनलाई टिकट दिने मन रहेको बताएका छन्। ‘सरलाई एउटा टिकट दिने मन छ है !’ साम्पाङले भनेका छन्। पार्टी राजनीति थालेपछि साम्पाङ आफूलाई मन परेकालाई टिकट दिने र पद दिने आश्वासन बाँड्न थालेका छन्।

उनी यसपटक सुनुसरी १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। यता पुन भने राजनीति नगर्ने योजनामा रहेको बताइरहेका छन्।

प्रकाशित: २६ पुष २०८२ ११:४२ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast