यसपटक पनि चुनाव नलड्ने बाबुरामको घोषणा

हिमाल प्रेस २२ पुष २०८२ १२:२९ | Tuesday, January 6, 2026
72
SHARES
यसपटक पनि चुनाव नलड्ने बाबुरामको घोषणा

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले यसपटक पनि चुनाव नलड्ने घोषणा गरेका छन्। गोरखा क्षेत्र नम्बर २ बाट लगातार तीनपटकसम्म चुनाव जितेर अर्थमन्त्री, प्रधानमन्त्री भइसकेका भट्टराईले २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा उक्त क्षेत्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेका थिए। बाबुरामकै सहयोगमा प्रचण्ड निर्वाचित भएका थिए।

आगामी फागुन २१ गते चुनाव हुँदैछ। उक्त चुनावमा आफूले उम्मेदवारी नदिने भट्टराईले एक टेलिभिजन अन्तर्वार्तामार्फत घोषणा गरेका हुन्। अन्तर्वार्तामा भट्टराईले भने, ‘अहिले नयाँ पुस्ताका रूपमा जेनजी आएको छ। उनीहरूलाई नै अगाडि सार्नुपर्छ भन्ने मेरो सुविचारित धारणा हो। म अब सक्रिय सत्ताको राजनीति गर्दिनँ। चुनावमा त म नउठ्ने नै हो। निर्वाचनमा प्रत्यासी हुन्नँ।’

उनले नयाँ वैकल्पिक, अग्रगामी, प्रगतिशील र लोकतान्त्रिक धारलाई भने आफ्नो साथ, सहयोग र समर्थन रहने बताए।

२०७० सालमा वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भन्दै २०७३ सालमा ‘नयाँ शक्ति नेपाल’ नामक दलको घोषणा गरेका भट्टराईले तत्कालीन दल र हालको राष्ट्रिय स्वतन्त्र पार्टीबीच तुलना गर्दै वैचारिक रूपमा रास्वपा अझैं बलियो हुनुपर्ने सुझाव दिए।

रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एक ठाउँमा आउनु सकारात्मक भए पनि तीन पात्रको प्रवृत्ति र विचारमा समानताले यसको भविष्य निर्धारण हुने उनको भनाइ छ।

भट्टराई हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभिभावकीय भूमिकामा छन्।

प्रकाशित: २२ पुष २०८२ १२:२९ | Tuesday, January 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast