कांग्रेस नेता सिटौला भन्छन्- प्रतिनिधिसभाको चुनावमा हामी एक्लै जाने हो

हिमाल प्रेस २१ पुष २०८२ १२:०६
कांग्रेस नेता सिटौला भन्छन्- प्रतिनिधिसभाको चुनावमा हामी एक्लै जाने हो

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा जाने बताएका छन्। नेकपा एमालेसँग गठबन्धन गरेर चुनावमा जाने चर्चा चलिरहेकै बेला सिटौलाले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियसभाको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन सक्ने भए पनि प्रतिनिधिसभाको चुनावमा कांग्रेस एक्लै जानुपर्ने बताए। ‘प्रतिनिधिसभाको चुनावमा हामी एक्लै जाने हो,’ उनले भने, ‘अहिलेसम्म पार्टीको बटमलाइन एक्लै चुनावमा जानुपर्छ भन्ने नै छ।’

सिटौलाले आमनिर्वाचनमा गठबन्धन उपयुक्त नहुने धारणा राख्दै स्पष्ट दृष्टिकोण र विचारसहित मतदातामाझ जानुपर्ने बताए। ‘प्रष्ट नीति र विचार लिएर चुनावमा जानुपर्छ,’ उनले भने, ‘अहिलेसम्म प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस एक्लै जाने भन्ने निष्कर्षमा छ।’

प्रकाशित: २१ पुष २०८२ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast