काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता सहमति भएकोप्रति लक्षित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘नयाँ दिनको सुरुवात’ भनेका छन्।
आज बिहान ४ बजेको समयमा बालेन र रास्वपाबीच भाबी दिनमा एक भएर जाने सहमति भएको थियो। रविले रास्वपाको अध्यक्षता गर्ने र भावी प्रधानमन्त्रीको उम्मेदवार भने बालेन बन्नेगरी सातबुँदे सहमति भएको हो।
त्यसप्रति संकेत गर्दै सञ्चारमन्त्री खरेलले फेसबुकमा, ‘नयाँ दिन, नयाँ सुरुवात’ सुन्दर र समुन्नत नेपालको सपना, गन्तव्य तय हुँदैछ।’ भनेका छन्।
प्रकाशित: १३ पुष २०८२ ९:१८
प्रतिक्रिया




