देउवालाई भेटेपछि सञ्चारमन्त्री गुन्डुमा

हिमाल प्रेस ११ पुष २०८२ १३:२५ | Friday, December 26, 2025
14
SHARES
देउवालाई भेटेपछि सञ्चारमन्त्री गुन्डुमा

काठमाडौँ- राजनीतिक संवाद समितिका सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार भक्तपुरस्थित गुन्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। भेटमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल भएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे ओलीले गम्भीर चासो व्यक्त गर्दै हालको सुरक्षा अवस्थाप्रति प्रश्न उठाएका छन्। शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित नभएसम्म निर्वाचन प्रक्रियामा सामेल हुन कठिन हुने संकेत उनले दिएका छन्।

ओलीले निर्वाचनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी नभएको दाबी गर्दै जेलबाट भागेका कैदी र नेपाल प्रहरीबाट खोसिएका हतियारलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्। यस्ता विषयको समाधान नगरी निर्वाचनमा जानु जोखिमपूर्ण हुने उनको भनाइ छ।

यसैबीच सरकारले भने तोकिएकै समयमा निर्वाचन गराउन पूर्ण रूपमा तयार रहेको बताउँदै आएको छ। सरकारले सुरक्षा व्यवस्थापनसहित सबै तयारी तीव्र रूपमा अघि बढाइएको दाबी गरेको छ।

यसअघि मन्त्री खरेलले निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरी छलफल गरेका थिए। सरकार र प्रमुख राजनीतिक दलबीच निर्वाचनको वातावरण र सुरक्षा सुनिश्चितताबारे संवाद तीव्र बन्दै गएको छ।

प्रकाशित: ११ पुष २०८२ १३:२५ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast