पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

हिमाल प्रेस ८ पुष २०८२ १८:१९ | Tuesday, December 23, 2025
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौँ-  पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले आज (म‌ंगलबार) सार्वजनिक गरेको हो।

ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका-५ का रोबिन जिआर तथा ओखलढुंगा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।

अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट दुई लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट आठ लाख ४० हजार लिएका थिए। उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रकाशित: ८ पुष २०८२ १८:१९ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast