चोभार कार दुर्घटनामा बेपत्ता एक जनाको शव फेला

हिमाल प्रेस ५ माघ २०७९ १७:३१ | Thursday, January 19, 2023
चोभार कार दुर्घटनामा बेपत्ता एक जनाको शव फेला

काठमाडौँ–  किर्तिपुर ६ चोभारस्थित जलविनायक पुलनजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बिहीबार (आज) फेला पारेको छ।

नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट खटेको गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट १ सय मिटर तल फेला पारेको हो।

बा. ५ च ५६५४ को सिलभर रङको कार सोमबार जलविनायकछेउ बागमती नदी किनारमा खसेको थियो। दुर्घटनामा कारमा सवार काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका १ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए भने अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन्।

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ।

प्रकाशित: ५ माघ २०७९ १७:३१ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast