मुलुकमा विदेशि हस्तक्षेप बढ्यो : हर्क साम्पाङ

हिमाल प्रेस ५ पुष २०८२ १८:०९ | Saturday, December 20, 2025
20
SHARES
मुलुकमा विदेशि हस्तक्षेप बढ्यो : हर्क  साम्पाङ

बुटवल– श्रम संस्कृति पार्टीका संयोजक तथा धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ) ले नेपालको सरकार विदेशी शक्तिले बनाइदिने र ढालिदिने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

श्रम संस्कृति पार्टी रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले साना–ठूला विकास आयोजनाका लागि समेत विदेशबाट ऋण माग्नुपर्ने अवस्थाले देशको स्वाधीनता कमजोर बन्दै गएको बताए। ‘सडक, पुल, खानेपानी जस्ता आधारभूत संरचना निर्माणका लागि पनि विदेशी ऋणमा निर्भर हुनुपर्दा नेपाल माग्नेहरूको देशको रूपमा चिनिन थालेको छ,’ उनले भने।

उनले नेपालमाथि विदेशी हस्तक्षेप बढ्दै गएको बताउँदै राष्ट्रियता कमजोर हुँदै गएको बताए। उनले गफ र ऋणको भरमा देश नबन्ने स्पष्ट पार्दै श्रमलाई राष्ट्रिय विकासको मुख्य आधार बनाउनुपर्नेमा जोड दिए।

‘हप्तामा छ दिन आफ्नो जीविकाका लागि र एक दिन देशका लागि श्रमदान गर्न सक्ने संस्कार विकास गर्नुपर्छ,’ उनले भने।

चीन, जापान र कोरियाजस्ता देशहरू जनताको श्रमबाटै समृद्ध बनेको उल्लेख गर्दै ती मुलुकबाट नेपाली समाजले सिक्नुपर्ने बताए।

नेपालमा काम नगरी समय बिताउने र परिवारका एक सदस्यको कमाइमा सबै निर्भर रहने प्रवृत्ति हावी भएको उल्लेख गर्दै उनले सबैले श्रम गर्नुपर्ने बताए। ‘एक जनाको कमाइले परिवार र देश दुवै चल्दैन,’ उनले भने।

प्रकाशित: ५ पुष २०८२ १८:०९ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast