माघ ७ गते उपसभामुखको निर्वाचन

हिमाल प्रेस ५ माघ २०७९ १५:३२ | Thursday, January 19, 2023
माघ ७ गते उपसभामुखको निर्वाचन

काठमाडौँ- संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ। आज बिहीबारको बैठकले सभामुख चयन गरेसँगै उपसभामुखको निर्वाचन पनि तोकिएको हो।

सभामुखमा सत्ता गठबन्धनको समर्थन पाएका एमालेका सांसद देवराज घिमिरे निर्वाचित भए।

घिमिरेले १६७ मत पाए भने कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। एक जनाले कसैलाई पनि मत दिएनन्।

याे पनि :

नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

प्रकाशित: ५ माघ २०७९ १५:३२ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast