बाबुरामले गराए अध्यक्ष परिषद् र केन्द्रीय सदस्यहरूलाई शपथ

हिमाल प्रेस १ पुष २०८२ १६:१४ | Tuesday, December 16, 2025
22
SHARES
बाबुरामले गराए अध्यक्ष परिषद् र केन्द्रीय सदस्यहरूलाई शपथ

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टीका अध्यक्ष परिषद् र केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन्।

गत मंसिर ७ गते जनार्दन शर्मा, दुर्गा सोब, सन्तोष परियार र जेनजी पुस्ताका युवाबीच प्रलोपा गठन भएपछि मंगलबार काठमाडौँमा आयोजिक पहिलो पूर्ण बैठकमा संरक्षक डा.भट्टराईले शपथग्रहरण गराएका हुन्।

प्रलोपामा १५१ सदस्यीय केन्द्रीय समिति छ। उक्त पार्टीमा ५ जनाको अध्यक्ष परिषद् छन्। परिषदमा दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती, ओजश्वी भट्टराई, सुरेन्द्र प्रसाद जयसवाल छन्।

बुधबार सकिने बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, संगठन विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए।

प्रकाशित: १ पुष २०८२ १६:१४ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast