९ एजेन्डामा छलफल गर्न प्रलोपा सचिवालय बैठक बस्दै

हिमाल प्रेस १६ जेठ २०८३ ९:५६ | Saturday, May 30, 2026
2
SHARE
९ एजेन्डामा छलफल गर्न प्रलोपा सचिवालय बैठक बस्दै

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय महाधिवेशन सचिवालयको विस्तारित बैठक आज ललितपुरको कुपोन्डोलमा बस्ने भएको छ । प्रलोपा अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा बिहान ११ बजे बस्ने बैठकका लागि ९ एजेन्डा तय गरिएको छ ।

बैठकमा सहिदहरूप्रति सम्मान, सम्झना र संकल्प व्यक्त गरिने एजेन्डाकासाथै पछिल्लो नेपाली राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी कार्यभार तय गरिनेछ । त्यसैगरी, पार्टी संगठनसम्बन्धी विशेष प्रस्ताव, प्रलोपाको पहिलो एकता महाधिवेशनको तयारी, संगठन निर्माण, सदस्यता वितरण र महाधिवेशन प्रतिनिधि छनोटका विषयमा पनि बैठकमा छलफल हुने परियारले बताए ।

बैठकले प्रदेश र जिल्ला तहमा पार्टी प्रशिक्षण सञ्चालन गर्ने, महाधिवेशन आयोजक समितिमा सदस्यहरू थप गर्ने र विचार मिल्ने वामपन्थी, समाजवादी(लोकतान्त्रिक शक्ति तथा समूहहरूसँग संवाद, एकता र ध्रुवीकरणका लागि एक संवाद समिति निर्माण गर्ने एजेन्डा राखेको छ । यसका साथै विविध अन्तर्गत आगामी अभियान सञ्चालनका विषयमा समेत आजै छलफल हुनेछ ।

यसअघि बैशाख ११ र १२ गते काठमाडौंमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको विस्तारित बैठकको निर्णयअनुसार बैशाख २४ गते बसेको अध्यक्ष परिषद्को बैठकले सचिवालय निर्माण गरेको थियो ।

प्रकाशित: १६ जेठ २०८३ ९:५६ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast