काठमाडौँ- प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किरातीले औपचारिकरूपममै पार्टी छाडेका छन्। उनले सामाजिक सन्जालमार्फत आफूले साधारण सदस्यबाट पनि राजीनामा दिएको बताएका छन्। उनले करिब ५ महिना काम गरेको र यस यात्रामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
‘यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु । साथै, जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु ।’

प्रकाशित: ९ वैशाख २०८३ ११:३७ | Wednesday, April 22, 2026
प्रतिक्रिया



