प्रलोपा अध्यक्ष सन्तोष परियारले बोलाए केन्द्रीय कमिटीको विस्तारित बैठक

हिमाल प्रेस ३ वैशाख २०८३ १६:२५ | Thursday, April 16, 2026
36
SHARES
प्रलोपा अध्यक्ष सन्तोष परियारले बोलाए केन्द्रीय कमिटीको विस्तारित बैठक

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष सन्तोष परियारले केन्द्रीय कमिटीको विस्तारित बैठक आह्वान गरेका छन्। बैठक यही वैशाख ११ र १२ गते काठमाडौँमा बस्ने तय गरिएको छ।

छोटो समयमै पार्टी निर्माण गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भए पनि सांगठनिक तथा प्राविधिक चुनौतीका कारण अपेक्षित नतिजा हासिल हुन नसकेको अध्यक्ष परियारद्वारा जारी सूचना उल्लेख गरिएको छ।

बदलिँदो विश्वराजनीति, जटिल बन्दै गएको भूराजनीति र राष्ट्रिय शक्ति संरचनामा आएको परिवर्तनलाई ध्यानमा राख्दै पार्टीले गम्भीर समीक्षा र आगामी रणनीति तय गर्न बैठक बोलाइएको जनाइएको छ।

बैठकमा पार्टी निर्माण तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा, आगामी कार्ययोजना तय, प्रदेश इन्चार्ज र प्रत्यक्षतर्फका उम्मेदवारबाट संक्षिप्त प्रतिवेदन प्रस्तुति साथै केन्द्रीय सदस्यहरूबाट लिखित सुझाव संकलनलगायत विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ।

केन्द्रीय सदस्यहरूलाई वैशाख ९ गतेभित्र इमेलमार्फत आफ्ना सुझाव पठाउन आग्रह गरिएको छ। बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष परिषद् तथा अन्तिमसम्म प्रतिस्पर्धामा रहेका प्रत्यक्षतर्फका उम्मेदवारहरूको सहभागिता रहने जनाइएको छ।

प्रकाशित: ३ वैशाख २०८३ १६:२५ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast