प्रलोपा अध्यक्ष परिषद्का तीन जनाको राजीनामा, एकको मात्रै स्वीकृत

हिमाल प्रेस १४ वैशाख २०८३ १६:५३ | Monday, April 27, 2026
256
SHARES
प्रलोपा अध्यक्ष परिषद्का तीन जनाको राजीनामा, एकको मात्रै स्वीकृत

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का तीन सदस्यले दिएको राजीनामामध्ये दुई जनाको अस्वीकृत गरिएको छ भने एक जनाको राजीनामा स्वीकृत गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षाकृत अति कमजोर नतिजा ल्याएपछि नैतिक जिम्मेवारी लिँदै अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र ओजस्वी भट्टराईले पदबाट राजीनामा दिएका थिए।

त्यसैगरी, पार्टीको गतिविधि र चुनावी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सुदन किराँतीले पनि पद त्यागेका थिए।

काठमाडौँमा शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय समितिको प्रथम विस्तारित बैठकले सोब र भट्टराईको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। यद्यपि, किराँतीले साधारण सदस्यसमेत नरहने गरी दिएको राजीनामा भने स्वीकृत गरिएको छ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पार्टी गतिविधिमा सक्रिय नरहेकी भट्टराई बैठकमा उपस्थित नभएका कारण उनीबारे अन्तिम निर्णय लिनुअघि थप परामर्श गरिनेछ।

अध्यक्ष परिषद्मा सन्तोष परियार, दुर्गा सोब, सुदन किराँती, अशोक जयसवाल र ओजस्वी भट्टराई सदस्य थिए।

‘प्रथम विस्तारित बैठक’ नाम दिइएको उक्त भेलामा औपचारिक एजेन्डाभन्दा पनि निर्वाचनको समीक्षा र सुझाव संकलनमै बढी केन्द्रित छलफल भएको थियो।

प्रकाशित: १४ वैशाख २०८३ १६:५३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast