प्रलोपा चुनाव प्रचारमा खटिएका कर्मचारीहरूले अझै पाएनन् पारिश्रमिक

हिमाल प्रेस २२ वैशाख २०८३ १५:४७ | Tuesday, May 5, 2026
36
SHARES
प्रलोपा चुनाव प्रचारमा खटिएका कर्मचारीहरूले अझै पाएनन् पारिश्रमिक

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा रहेर गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरूले अझैसम्म आफ्नो पारिश्रमिक नपाएको गुनासो सार्वजनिक भएको छ।

प्रलोपा प्रचार प्रसार विभागका पूर्वसदस्य अमित खनालका अनुसार चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि कर्मचारीहरूले पारिश्रमिक पाउन सकेका छैनन्। उनले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्।

डा.बाबुराम भट्टराई, अध्यक्ष सन्तोष परियार, ओजस्वी भट्टराई र राजमान तामाङबाट केही रकम प्राप्त भएसँगै कुल बक्यौता रकम ८ लाख २६ हजार ३१२ रुपैयाँबाट घटेर हाल ६ लाख ५१ हजार ३१२ रुपैयाँ कायम भएको छ। तर, उक्त बाँकी रकम अझै भुक्तानी हुन सकेको छैन।

खनालले समाजवाद, वर्ग संघर्ष तथा आर्थिक सामाजिक न्यायका विषयमा कुरा गर्ने पार्टीभित्रै चुनावी अभियानमा खटिएका कर्मचारीहरूले पारिश्रमिक नपाउनु चिन्ताजनक र विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन्।

उनले सबै उम्मेदवार तथा जिम्मेवार पदाधिकारीहरूलाई सक्दो सहयोग गरी बाँकी रकम भुक्तानी गरेर आफूलाई आर्थिक बोझबाट मुक्त गरिदिन आग्रह गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ १५:४७ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast