काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ/फिल्डिङ गर्दैछ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्।
आजको खेल जित्ने टिम फाइनल पुग्नेछ। सुदूरपश्चिम रोयल्स यसअघि नै फाइनल पुगिसकेको छ। फाइल खेल शनिबार दिउँदो हुनेछ।
प्रकाशित: २५ मंसिर २०८२ १५:५३
प्रतिक्रिया



