काठमाडौँ- म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयका शिक्षक दीपक श्रेष्ठलाई बिहीबार विशेष नागरिक अभिनन्दनसहित बिदाइ गरिएको छ।
विद्यालय प्राङ्गणबाट सुरु गरिएको सम्मान कार्यक्रम बजार परिक्रमा गर्दै सम्पन्न भएको हो। श्रेष्ठले ३२ वर्षसम्म शिक्षण पेसामा योगदान दिएपछि केही दिनअघि सेवानिवृत्त भएका थिए।
उनले उक्त विद्यालयको प्रधानाध्यापक भएर व्यवस्थापकीय तथा शैक्षिक नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
बिदाइ समारोहमा स्थानीयवासी, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उनको दीर्घसेवाको प्रशंसा गर्दै भावनात्मक बिदाइ दिएका थिए।
प्रकाशित: २५ मंसिर २०८२ १५:२९ | Thursday, December 11, 2025
प्रतिक्रिया



