एनपीएलमा आज : सुदूरपश्चिमविरुद्ध विराटनगर र चितवनसँग पोखरा भिड्दै

हिमाल प्रेस २० मंसिर २०८२ ७:१८
6
SHARES
एनपीएलमा आज : सुदूरपश्चिमविरुद्ध विराटनगर र चितवनसँग पोखरा भिड्दै

काठमाडौँ- काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा शनिबार बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दैछन्। दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ।

सुदूरपश्चिम अपराजित टिम हो। ६ खेलबाट १२ अंक जोड्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन। आठ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा खेल्नेछ। अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन्।

दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। दुवै टोलीको छ खेलबाट चार/चार अंक मात्रै रहेको छ।

प्रकाशित: २० मंसिर २०८२ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast