काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को शुक्रबार भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा जनकपुरले निर्धारित ओभर पूरा खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको हो।
जनकपुरका लागि संगीत कुरेले नटआउट ४५, मयन यादवले नटआउट २७, आशिफ शेखले २० रन बनाएका थिए।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिए। जेजे स्मिट र रुबेन ट्रम्पलेमनले १/१ विकेट लिए।
आजको खेल जिते लुम्बिनी प्लेअफमा पुग्नेछ। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्स प्लेअफमा पुगिसकेका छन्।
प्रकाशित: १९ मंसिर २०८२ १७:४४
प्रतिक्रिया



