राप्रपाकी मधेश प्रदेश सांसद विच्छा पदमुक्त

हिमाल प्रेस १९ मंसिर २०८२ १६:११
18
SHARES
राप्रपाकी मधेश प्रदेश सांसद विच्छा पदमुक्त

काठमाडौँ- मधेश प्रदेशमा राप्रपाकी एकमात्र सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन्। पार्टीको सिफारिसमा प्रदेशसभा सचिवालयले प्रदेश सांसद विच्छालाई पदमुक्त गरेको हो।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुँदा उनी वन तथा वातावरणमन्त्री बनेकी थिइन्। पार्टीको निर्णयविनै मन्त्री बनेको भन्दै राप्रपाले उनलाई तत्काल राजीनामा दिन आग्रह गरेको थियो।

निर्देशन मान्न अस्वीकार गरेपछि राप्रपाले विच्छालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो। राप्रपाले पत्र पठाएपछि प्रदेशसभा सचिवालयले उनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको हो।

राप्रपाको केन्द्रीय कार्यसम्पदान समिति बैठकले पार्टीको विधान २०४८ (संशोधनसहित) विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।

राप्रपाकी विच्छा महिला समूहबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।

प्रकाशित: १९ मंसिर २०८२ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast