काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले निर्धारित ओभर पूरै खेल्दै ४ विकेटको क्षतिमा १६९ रन बनाएको हो।
सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतक पार गर्दै ७५ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट २४, आरिफ शेखले नटआउट २४, विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन बनाए।
चितवनका लागि सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिमशले समान १/१ विकेट लिए।
प्रकाशित: १८ मंसिर २०८२ १८:१४
प्रतिक्रिया



