एनपीएल : कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

हिमाल प्रेस १४ मंसिर २०८२ १७:३७ | Sunday, November 30, 2025
10
SHARES
एनपीएल : कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को १९औँ खेलमा आज (आइतबार) कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो। जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे।

बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए। सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ। दुई अंक मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ। ‘प्लेअफ’मा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ।

करण केसी नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीन खेल जितेर तेस्रो स्थानमा छ। ‘प्लेअफ’ यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ। जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ।

नेपाल क्रिकेट संघको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रकाशित: १४ मंसिर २०८२ १७:३७ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast