ताप्लेजुङको सिदिङवामा आगलागी

हिमाल प्रेस १२ मंसिर २०८२ २०:२१
12
SHARES
ताप्लेजुङको सिदिङवामा आगलागी प्रतीकात्मक तस्बिर

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका-४, भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको छ।

स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए।

आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको बताइएको छ।

प्रकाशित: १२ मंसिर २०८२ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast