एनपीएलमा आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश

हिमाल प्रेस ११ मंसिर २०८२ १९:०७ | Thursday, November 27, 2025
16
SHARES
एनपीएलमा आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश

काठमाडौँ- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ। एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन्।

आज यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिए। जनकपुर गुलाबी रङ्गको जर्सीमा खेल्दा सबै खेलाडीको जर्सीमा आमाको नाम लेखिएको छ। ‘आमाको सम्मान’ स्वरुप जनकपुरले आज आमाको नाम लेखिएको जर्सीमा खेलेको हो।

जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले आमाको सम्मानका लागि खेलाडीहरूले आमाको नाम अङ्कित जर्सी लगाएर खेलेको बताए। उनले भने, ‘नेपाली क्रिकेटमा पहिलोपटक नयाँ अभ्यास गरेका हौँ। क्रिकेटका माध्यमबाट आमाको सम्मान र सामाजिक कार्य गर्छाैँ।’

यसका साथै आज खेलेका जर्सी अक्सनबाट लिलामी गरेर संकलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्य र जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गरिने जनाएको छ।

पोखराले जर्सी परिवर्तन गर्दै आज हरियो जर्सीमा खेलिरहेको छ। प्रकृति संरक्षण र जलवायु परिवर्तनको चेतना जगाउने सन्देश दिन खेलाडीले हरियो जर्सी लगाएका पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले बताए।

उनले भने, ‘पोखराले गत वर्ष ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । यस वर्ष नयाँ सन्देश दिन हरियो जर्सी लगाएर खेलेका हौँ। हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौँ ।’ रासस

प्रकाशित: ११ मंसिर २०८२ १९:०७ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast