काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिल०अन्तर्गत आज (मंगलबार) को खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हराएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो। तर, लुम्बिनीले भने १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो।
काठमाडौँका लागि कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरेका थिए।
लुम्बिनीका रुबेन ट्रम्पलेमन, शेर मल्ल, गुल्बदिन नैब र रोहित पौडेलले समान २/२ विकेट लिएका थिए। लुम्बिनीका लागि शेर मल्लले २७, दिलिप नाथले २५, डार्सी सटले २२ रन बनाएका थिए।
काठमाडौँका लागि मिलिन्ड कुमार र जेरहार्ड इरास्मसले समान २/२ विकेट लिए। करण केसी, साहब आलम, सन्तोष यादव, रासिद खानले समान १/१ विकेट लिए।
काठमाडौँले तीन खेलमा दुई खेल जितेको छ भने लुम्बिनीले तीन खेलमध्ये एक मात्रै जित निकालेको छ।


