काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १३६ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको जनकपुरविरुद्ध विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो।
विराटनगरका लागि शुभन रन्जने ३७, बसिर अहदम ३६ र लोकेश बम २८ रन बनाए। ओपनर जर्ज मुन्से १० तथा मार्टिन गुप्टिल १३ रनमै आउट भए।
बलिङतर्फ जनकपुरका रुपेश सिंह र संगित कोरीले २/२ विकेट लिए। यसअघि जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग पराजित भएको थियो। विराटनगर भने पोखरा एभेन्जर्स र काठमाडौँविरुद्ध लगातार दुई खेल जितिसकेको थियो।
प्रकाशित: ८ मंसिर २०८२ १३:२३
प्रतिक्रिया


