एनपीएलमा आज दुई ‘छिमेकी डर्बी’, पहिलोमा विराटनगर र जनकपुर, दोस्रोमा कर्णाली र सुदूरपश्चिम

हिमाल प्रेस ८ मंसिर २०८२ ७:००
एनपीएलमा आज दुई ‘छिमेकी डर्बी’, पहिलोमा विराटनगर र जनकपुर, दोस्रोमा कर्णाली र सुदूरपश्चिम

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। दुवै खेल ‘डर्बी’का रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे’ पनि भनिएको छ।

आज पूर्वका दुई टिम ( विराटनगर किंग्स र जनकपुर बोल्ट्स) तथा पश्चिमका दुई टिम (कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स) आमनेसामने हुँदैछन् ।

पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।

यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए। उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो। आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ। पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित: ८ मंसिर २०८२ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast