काठमाडौँ। नेपाल प्रिमियर लिगको दोस्रो सिजन काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ।
लिग चरणका खेल निरन्तर चलिरहेका छन्। नेपाल क्रिकेट एसोसिएसन (क्यान)का अनुसार आज भने एनपीएलका कुनै खेल हुने छैनन्। यसअघि निरन्तर खेल भएकाले आजलाई ‘रेस्ट डे’ दिइएको छ। भोलि (सोमबार) भने दुई खेल छन्।
पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्यस् र कर्णाली याक्सबीच हुने छ। पहिलो खेल ११ः ३० बाट हुने छ भने दोस्रो खल ४ बजे सुरु हुने छ। हालसम्म एनपीएलका लिग चरणका ८ खेल भएका छन्।
अंकतालिकामा २–२ खेल जित्दै सुदूरपश्चिम र कोशी ४–४ अंक बटुलेका छन्। कर्णाली याक्स, काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोजले १–१ खेल जितेर समान २ अंक ल्याएका छन्। पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले हालसम्म अंक हासिल गर्न सकेका छैनन्।


