रोहितले सर्वाधिक ४९ बनाउदा कर्णालीलाई लुम्बिनीले दियो १५७ रनको लक्ष्य

हिमाल प्रेस ६ मंसिर २०८२ १२:५९
4
SHARES
रोहितले सर्वाधिक ४९ बनाउदा कर्णालीलाई लुम्बिनीले दियो १५७ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङ उकास्दा कर्णाली याक्सले १५७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो । लुम्बिनीका कप्तान ४९ रन जोडेर आउट भए । ४३ बलमा उनले चार चौका र २ छक्का प्रहार गरेका थिए । उनी लुम्बिनीका सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गराए ।

नामिबियाका बलरसमेत रहेका रुबेन ट्रम्पलम्यानले लुम्बिनीको ब्याटिङलाई उकास्न महत्वपूर्ण भूमिका खेले । १६ ओभरको चौथो बलमा छटौँ विकेटका रुपमा कप्तान रोहित आउट भएपछि ट्रम्पलम्यान क्रिजमा आएका थिए । उनले १४ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजीत २९ रन जोडे । उनले टिमका लागि दोस्रो सबैभन्दा धेरै रन जोडे ।

यस खेलमा लुम्बिनीका ओपनर सन्दीप जोरा ८ बल खर्चेर १ रन बनाएर आउट भए। अर्का ओपनर डी आर्सी सर्ट पनि सस्तैमा आउट भए । सर्टले १४ बलमा चार चौका हान्दै १९ रन जोडे । लुम्बिनीका जेजे स्मिटले २३ रन जोड्न १४ बलमा २ चौका र एक छक्का प्रहार गरे । लुम्बिनीका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले सार्वधिक दुई विकेट लिए भने सबैभन्दा बढी रन उनैले खर्चिए । यादवले ओपनर सन्दीप जोरा र जेजे स्मिटको विकेट लिए । चार ओभर बलिङ गर्दा उनले ३८ रन खर्चिए । गुल्सन झा, मार्क वाट, विपीन शर्मा, युवराज खत्री र सोमापल कामीले समान १–१ विकेट लिए ।

प्रकाशित: ६ मंसिर २०८२ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast