काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ।
टीयू क्रीकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। खेल अहिले ११:१५ बजे सुरु हुनेछ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको छ भने कर्णालीले चितवनसँग नै हार व्यहोरेको छ। हालसम्म एनपीएल सिजन दुईमा २ खेल जितेर सुदूरपश्चिम रोयल्स ४ अंकसहित पहिलो स्थानमा छ।
प्रकाशित: ६ मंसिर २०८२ ११:०२
प्रतिक्रिया


