नेपाल प्रिमियर लिगको आजको खेल

काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल भिड्दै

हिमाल प्रेस ३ मंसिर २०८२ ७:०३ | Wednesday, November 19, 2025
8
SHARES
काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल भिड्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयलसबीच खेल हुँदै छ। त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे यी दुई टोलीबिच खेल हुने भएको हो।

पहिलो खेलमा साबिकको विजेता जनकपुरलाई ५ विकेटले हराउँदै जितको सुरुवात गरेको काठमाण्डु दोस्रो खेलमा जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम रोयलस पनि पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुने छ।

हिजो भएको खेलमा चितवन राईनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो भने बिराटनगरले पोखरा एभेन्जर्समाथि ५२ रनको शानदार जित हात पारेको थियो।

प्रकाशित: ३ मंसिर २०८२ ७:०३ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast