कर्णाली याक्सका प्रियांक पहिलो शतक बनाउनबाट चुके

हिमाल प्रेस २ मंसिर २०८२ १३:५४ | Tuesday, November 18, 2025
14
SHARES
कर्णाली याक्सका प्रियांक पहिलो शतक बनाउनबाट चुके

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चाल चितवन राइनोजविरुद्धको खेलमा शतक बनाउनबाट चुकेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सका लागि भारतीय खेलाडी पञ्चाल शतक बनाउनबाट १० रनले चुकेका हुन्।

पहिलोपटक एनपीएल खेलिरहेका उनले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा ९० रन बनाए। उनी रबि बोपाराको बलमा देव खनालद्वारा क्याच आउट भए। इङल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावशाली खेलाडी हुन्।

योसँगै जारी एनपीएलमा पञ्चाल अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। सोमबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले अर्धशतक बनाएका थिए। त्यसक्रममा उनले ५४ रन बनाएका थिए।

प्रकाशित: २ मंसिर २०८२ १३:५४ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast