सुरक्षा खाका तयार पार्न मुख्यमन्त्री यादवको निर्देशन

हिमाल प्रेस २९ कार्तिक २०८२ १९:५२ | Saturday, November 15, 2025
18
SHARES
सुरक्षा खाका तयार पार्न मुख्यमन्त्री यादवको निर्देशन

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा रणनीति खाका तयार पारेर जानकारी गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शनिबार प्रदेशको सुरक्षा समन्वय समितिसँगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।

मुख्यमन्त्री यादवले तीनवटै सुरक्षा निकायका प्रतिनिधिलाई अहिलेको सुरक्षा अवस्था, विगतमा सुरक्षासम्बन्धी गरिएको अभ्यास र के गर्दा आम जनताको विश्वास जित्न सकिन्छ भन्ने सुरक्षाको ग्यारेन्टीसहितको खाका तयार पारेर चाँडोभन्दा चाँडो जानकारी गराउन निर्देशन दिएको बताए।
मुख्यमन्त्री यादवले राष्ट्रसेवक कर्मचारी, प्रहरी वा अन्य कुनै निकायका प्रतिनिधिमाथि हातपात तथा दुव्र्यवहारको घटना भए तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशनसमेत दिएका छन्।

सात दलीय गठबन्धनले आन्दोलनको क्रममा कर्मचारी र प्रहरीमाथि भएको हातपात र सार्वजनिक सम्पत्ति तोडफोड घटनाको कानूनी उपचार र दोषीलाई कारबाहीका तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको उनले जनाए।

बैठकमा सुरक्षा समन्वय समितिमा आबद्ध नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्रदेश प्रहरीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २९ कार्तिक २०८२ १९:५२ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast