मधेशका पाँच सांसद पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित

हिमाल प्रेस २८ कार्तिक २०८२ १६:१०
14
SHARES
मधेशका पाँच सांसद पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित

काठमाडौँ- मधेश प्रदेशका पाँच जना प्रदेश सांसदको पद रिक्त भएको सूचना प्रदेश राजपत्रमा प्रकाशित भएको छ। मधेश प्रदेश सरकारले शुक्रबार राजपत्रमा मधेश प्रदेशसभा सचिवालयको सूचना प्रकाशित गरेको हो।

लगातार दशवटा बैठकमा अनुपस्थित भएको भन्दै प्रदेशसभा सचिवालयले बिहीबार साँझ पाँच जना प्रदेश सांसदहरू पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो।

‘उपरोक्त सम्बन्धमा मधेश प्रदेशसभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार दशवटा वैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सांसदहरू मिति २०८२/०७/२७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरू प्रदेशसभा सदस्यहरूको स्थान रिक्त भएको बेहोरा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।

लगातार दशवटा बैठकमा अनुपस्थित भएको भन्दै प्रदेशसभा सचिवालयले जसपा नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो।

उपसभामुख बबिताकुमारी राउत ईशरले भने पाँच जना सांसदलाई कारबाही गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय प्रतिशोधपूर्ण रहेको भन्दै बदर गरेकी थिइन्। यद्यपि पाँच सांसद पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast