सन्तोष परियारले त्यागे रास्वपा, जनार्दनसँग छलफल

हिमाल प्रेस २८ कार्तिक २०८२ १५:०४ | Friday, November 14, 2025
26
SHARES
सन्तोष परियारले त्यागे रास्वपा, जनार्दनसँग छलफल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। रास्वपाका पूर्व प्रमुख सचेतकसमेत रहेका उनले नयाँ अभियानमा बढ्ने योजना भन्दै राजीनामा पत्र बुझाएका हुन्।

परियारले राजीनामापत्र रास्वपाका कार्यवाहक सभापति तथा महामन्त्रीलाई बुझाएका थिए।

रास्वपा प्रवक्ता मनीष झाले भने, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा वहाँले जानकारी गराउनु भयो। आगामी यात्राको लागि वहाँलाई शुभकामना।’

परियारले माओवादी केन्द्र परित्याग गरेका नेता जनार्दन शर्मासँग छलफल गरिरहेको बताइएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १५:०४ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast