भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

हिमाल प्रेस २७ कार्तिक २०८२ १६:०६ | Thursday, November 13, 2025
8
SHARES
भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर- किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन्। दसैँ-तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँगाउँमा चहलपहल बढाएको छ। बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन्।

केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन्। भोजपुर नगरपालिका-५ का किसान भिमसेन फुयालले भने,‘हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ। केहि समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ। अर्मपर्म गरेर आआफ्नो खेतको धान थन्काउने काम जुेटका छौँ।’

वर्षातका कारण धानबालीमा केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भईरहेको स्थानीय कृषक कमला थापाले बताए। ‘वर्षातले धानबाली केहि क्षति पुग्यो’ उनले भने,‘तर जे बाँकी छ, त्यसलाई थन्काउजे काममा गरिरहेका छौँ।अहिले धान थन्काउने हाम्रो मुख्य काम बनेको छ।’

बेमैसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ। धान यहाँका किसानको प्रमुख अन्नबाली हो। जिल्लाका ९ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८२ १६:०६ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast